Media News & Publications

नेपाल हाइड्रोको खुद नाफा करिब पाँच लाख घट्यो, जगेडा कोषमा १७३ प्रतिशतले सुधार ।

नेपाल हाइड्रो डेभलोपर (NHDL) ले गत आर्थिक वर्षको चौंथो त्रैमासम्ममा एक करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ४ लाख ८५ हजार रुपैयाँले कम हो।


अघिल्लो वर्ष कम्पनीले एक करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विद्युत बिक्री मार्फतको आम्दानी घटेसँगै हाइड्रोको खुद नाफामा गिरावट देखिएको हो । अघिल्लो वर्ष विद्युत बेचेर १० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको हाइड्रोले गत आर्थिक वर्षको चौंथो त्रैमासम्ममा ९ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २६ करोडमा स्थिर राखेको हाइड्रोले जगेडा कोषमा १७२.९४ प्रतिशतले सुधार गर्दै ३ करोड २ लाख रुपैयाँ सञ्चित गरेको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३७ पैसा रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात १६.४२ गुणा बढी छ
Subscribe Our Weekly Newsletter