Vision & Mission

नेपाल हाइड्रो डेभलपर कम्पनीले असार २९ गते साधारण सभा गर्ने, १३ गते बुक क्लोज।

नेपाल हाइड्रो डेभलपर कम्पनी (NHDL) ले असार २९ गते रसियन सेन्टर कमलपाेखरीमा ११ अाैं वार्षिक साधारण सभा अाह्वान गरेकाे । कम्पनीले साधारण सभा गर्ने प्रयोजनका लागि असार १३ गते बुधबारदेखि सेयरधनी किताब बन्द गर्ने जनाएको छ ।


गत आवको नाफाबाट कुनै लाभांश प्रस्ताव नगरेको कम्पनीको सभाले ३ जना संस्थापक सेयरधनी र एक जना सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । २६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म एक करोड ४४ लाख खुद नाफा कमाएको छ ।
Subscribe Our Weekly Newsletter